site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
झन्डै डेढ घण्टा अध्यागमनको सर्भर डाउन,  अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । विभागका महानिर्देशक झलकराम अधिकारीले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा सर्भरमा समस्या आएको बताएका छन् ।

“डाटा सेन्टरमा समस्या आउँदा अध्यागमनको सर्भर करिब डेढ घण्टा अवरुद्ध भएको हो । तर, म्यानुअल रूपमा काम चलेको छ । म्यानुअलरूपमा विवरण राखेर पछि सर्भरमा इन्ट्री गरिन्छ,” बाह्रखरीसँग बोल्दै विभागका महानिर्देशक अधिकारीले भने ।

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । अहिले भने समस्या समाधान भइसकेको अधिकारीले बताए ।

विमानस्थल कार्यालयले अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र  म्यानुअलरूपमा उडान सेवालाई निरन्तरता दिइएको बताएको छ ।

अध्यागमन विभाागले यात्रु व्यवस्थापन पनि म्यानुअल रूपमा गरेको हो । यसअघि पनि विमानस्थलको सर्भर करिब चार घण्टा डाउन हुँदा पूरै विमानस्थलको उडान एवं अवतरण प्रभावित भएको थियो । 

अध्यागमन विभागका महानिर्देशक अधिकारी यस किसिमको समस्या नियतवश नभएको र अचानक हुने घटना भएको बताउँछन् । तर, पटकपटक समस्या आउनुले डाटा सेन्टरको सुरक्षामाथि नै प्रश्न उठ्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro