site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफ्रिका ‘शक्तिको नयाँ केन्द्र’ बन्दै छ : पुटिन

काठमाडौं । शुक्रबार सेन्ट पिटर्सवर्गमा रुस–अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकाको राजनीतिक र आर्थिक शक्ति बढ्दै गएको बताएका छन् ।

“हाम्रो आँखा अगाडि अफ्रिकी महादेश शक्तिको नयाँ केन्द्र बनिरहेको छ । यसको राजनीतिक र आर्थिक भूमिका तीब्र रूपमा बढिरहेको छ । सबैले यो वस्तुनिष्ठ वास्तविकतालाई मान्नुपर्छ,” पुटिनले शिखर सम्मेलनमा भनेका छन् ।

Dabur Nepal
NIC Asia

औपनिवेशिकताका केही स्वरुपहरू आजसम्म उन्मुलन हुन नसकेको र पूर्वसाम्राज्यवादी शक्तिले विशेष अर्थतन्त्र, सूचना र मानवीय क्षेत्रमा यसको अभ्यास गरिरहेको पुटिनको भनाइ छ ।

तर, विश्व मामिलामा एकाधिकार कायम राख्न खोज्नेहरूको प्रतिरोधका बावजुद एक वा धेरै राज्यको आधिपत्यको युग लोप हुँदै गएको उनले बताए ।

यस्तै, पुटिनले अफ्रिकी देशहरुसँगको अन्तरक्रियालाई निरन्तरता दिने र विश्व बजारमा कठिन परिस्थितिको बावजुद पनि रुस र अफ्रिका महादेशबीचको व्यापार बढ्दै गएको बताएका छन् ।

यस्तै, सम्मेलनको पहिलो दिन बिहीबार अफ्रिकन युनियन (एयू)का अध्यक्ष अजाली असुमानीले रुस–युक्रेन द्वन्द्व अन्त्य गर्नु भनेको ब्ल्याक सी क्षेत्रबाट निर्यात हुने अन्न र अन्य उत्पादनमा भर परेका हजारौं मानिसहरूलाई बचाउनु पनि भएको बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro