site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गलत खोप दिएको मुद्दामा कान्ति बाल अस्पतालले पीडितलाई ३० लाख क्षतिपूर्ति दिनुपर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपचारका लागि आएका बालकलाई गलत खोप दिएको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । पीडितलाई कान्ति बाल अस्पतालले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । 

अस्पतालका तर्फबाट चिकित्सकीय लापारबाही भएको ठहर गर्दै सर्वोच्चले पीडितलाई क्षतिपूर्तिस्वरुप सो रकम दिनुपर्ने आदेश दिएको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । २०७९ माघ २५ गते भएको फैसलाको पूर्णपाठ भने तीनदिन अघि मात्रै आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । 

यस्तो थियो घटना
श्वासप्रश्वासमा समस्या आएपछि २०७३ असार २२ गते  आठ महिने बालकलाई अस्पतालले तेस्रो पटक खोप दिएपश्चात जटिल समस्या देखिएको थियो । 

आफ्ना छोरालाई दिनुपर्ने खोप नभइ अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’ को खोप दिइएको धुव्रकुमार विश्वकर्माले बताएका छन् । 

गलत खोपले अवस्था जटिल भएको भन्दै ०७३ भदौमा छानबिनका लागि अस्पतालमा निवेदन दिएका थिए । ०७४ वैशाखदेखि बालकको अवस्था सुधार हुन नसक्नेगरी अपांगता भएपछि भने विक कानुनी प्रक्रियामा गएका थिए । 

सुरुआतमा जिल्ला स्वास्थ्य कार्यालय हुँदै जिल्ला र पाटन उच्च अदालतसम्म मुद्दा पुगेको थियो । पाटन उच्च अदालतले १५ लाख रुपैयाँ क्षतिपूर्ति भराइ गरेकोमा फैसलाप्रति असन्तुष्टि जनाउँदै विक सर्वोच्चसम्म पुगेका थिए । 

उच्चबाट २०७६ जेठ १० मा भएको फैसला केही उल्टो  भइ पीडित पक्षलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन सर्वोच्चले आदेश दिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro