site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरले दियो नगरवासीलाई कर छुट सुविधा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ ।

कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाणपत्रका आधारमा दिइनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।

नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्मको लागि मात्र हो ।  

Global Ime bank

व्यावसायिकरूपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्ने करदातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने प्रमुख काफ्लेको भनाइ छ ।

एक वडा एक नमुना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छुट हुनेछ । चालु आवसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग व्यवसाय, कम्पनी, संस्थाले २०८० पुसमसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ ।

कामपाले लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गर्न ताकेता गरिरहेको छ । करदाताले विवरणसम्म लिएर नआएपछि ताकेता गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय