site stats
बाह्रखरी :: Baahrakhari
देश
६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुन्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को आज धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्दै उनले सो कुरा बताएका हुन् ।

Argakhachi Cement Island Ad

स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरेर तीन हजार २५ वटा शैय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम भएको मन्त्री बस्नेतले बताए ।

अस्पतालको १० प्रतिशत शैय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठूलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा राख्दै निःशुल्क शैय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए ।

उनले संविधानले नै आम जनताको लागि ग्यारेन्टी गरेको आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्