site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालीमाटीमा किसान सञ्जालको धर्ना
Sarbottam CementSarbottam Cement

काठमाडौं । कालीमाटी तरकारी बजारका सटरहरु बिनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन् ।

बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धामार्फत भाडामा लगाउनुुपर्ने र बिनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालले धर्ना दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई सहुलियत दरमा छुट्टाउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ ।

किसान र उपभोक्ता हितविरोधी निर्णय खारेज गर्नुपर्नेलगायतका माग राख्दै चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताए ।

Global Ime bank

धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने सञ्जालले जनाएको छ । यस्तै, सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बिमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरु गरेको समेत जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय