site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वसाधारणको गहना र रकम लिएर सुन व्यवसायी फरार
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको रंगेली नगरपालिकाका एक सुनचाँदी व्यवसायी करोडौँ मूल्य पर्ने गरगहना लिएर परिवारसहित फरार भएका छन् । रंगली नगरपालिका–७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका सञ्चालक पवन सोनी फरार भएका हुन् ।

करोडौँ मूल्यबराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएपछि उनको पसलमा सुन धरौटी राखेर रकम लिएका र ब्याजमा रकम लगाएका व्यक्तिहरू बिचल्लीमा परेमा छन् ।

पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएअनुसार दुई करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको सुनचाँदी लिएर सोनी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । सोनीले नगद समेत लिएर फरार भएको स्थानीयको आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार उजुरी पर्ने क्रम जारी छ । सोनीले गरेको आर्थिक अपचलनबारे थप खुल्दै जाने देखिएको उनले बताए ।

सोनीसँग काम गर्ने कर्मचारीको विश्वासको भरमा लाखौँ रुपैयाँ सापटी समेत दिएको स्थानीय सागर साहले बताए । उनले भने, “मान्छे नै फरार भएपछि हामी त डुब्ने भयौँ ।”

Global Ime bank

आफूलाई सोनीले विभिन्न मितिमा दिएको चेक साट्न बैंकमा जाँदा बाउन्स भएको स्थानीय रञ्जीत यादवले बताए । उनले भने, “पैसा मौज्दात नभएको बैंक खाताको चेक दिएका रहेछन् ।”

विश्वासमा परेर कारोबार गरेको तर परिवारसहित व्यवसायी फरार भएपछि आफूहरूको बिचल्ली भएको उनले सुनाए ।

प्रहरीका अनुसार सोनीले रंगेली र सुनवर्षी नगरपालिकाका धेरै स्थानीयको सुनचाँदीका गरगहना धरौटीमा राखेको पाइएको छ । कतिपय व्यक्तिको जग्गा नेपाली कागजमा तमसुक बनाई रकम लेनदेन समेत गरेको पाइएको छ ।

रंगेली–७ का अजय रायले भने, “तमसुक बनाएर मैले २१ लाख रुपैयाँ सोनीलाई दिएको थिएँ । अब उनी भागेपछि कसरी असुलउपर गर्ने भन्ने चिन्ता भएको छ ।”

स्थानीय दुर्गा मन्दिर पछाडिको एक कट्ठा जग्गामा केही वर्षअगाडि घर बनाएर सोनी बस्दै आएका थिए । उनीहरूका तीन दाजुभाइले गएको शुक्रबार अंशबन्डा समेत गरेको बताइएको छ ।

तर, केही दिनअघि नै घरमा रहेको चल–अचल सम्पत्ति समेत ट्रकमा लोड गरेर विराटनगरतर्फ ल्याइएको स्थानीयले बताएका छन् । पीडित रायले भने, “घरको मूल गेटमा तालचाबी लगाएर सबै भागेछन् ।”

पछि आफूहरूले खोजी गर्दा सोनी पाँच दिनदेखि रंगेलीमा नरहेको खुलेको रायले बताए ।

ओमशान्ति ज्वेलर्सले त्यो घर पनि लुम्बिनी विकास बैंकमा धितो राखेर एक करोडौँ रुपैयाँ ऋिण लिएको र केही महिनादेखि ब्याज समेत नतिरेको पाइएको छ । उक्त घरजग्गा कानुनी प्रक्रियाअनुसार लिलामी गर्ने बैंकले तयारी गरेको छ ।

डीएसपी दाहालले भने, “रंगेलीका अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत सोनीले ऋण लिएको हुन सक्ने देखिन्छ ।”

महँगो ब्याज पाउने आसमा कतिपय स्थानीयले नगद समेत दिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय