site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोलीले सामाखुसी खोला पूरै खोजी गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजी गर्दासमेत फेला पार्न सकेको छैन । बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ ।

काठमाडौंको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक आइतबार साँझ फुटसल खेल्न जाँदैगर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्