site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा वर्षाले १६ घर डुबानमा

काठमाडौं । अविरल वर्षाका कारणले दाङको लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ ।

घरहरू डुबानमा परेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका–२ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरको प्रयोग गरेर बाढीसँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, तुलसीपुरदेखि घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्धार गरिएको पनि प्रहरी जनाएको छ ।

लगातारको वर्षाले राप्ती नदी र बबई नदीमा बाढी आउनसक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले बिहानै नदी तटका वासिन्दालाई सतर्क रहन सुचना जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्