
काठमाडौं । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) द्वारा आयोजित एक कार्यक्रममा ‘म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी’ अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटलर्सलाई यो अवार्ड प्रदान गरिएको हो ।
बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागि सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो । बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गरेको पनि बताइएको छ ।
उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाशशरण महतले आईम्यानले आयोजना गरेको कार्यक्रममा कम्पनीका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए ।