अर्थ व्यवसाय

काठमाडौं । नेपाली युवायुवतीको मनोरञ्जनलाई ध्यानमा राखेर डिसहोमले ‘डिसहोम गो’ एपमा लोकप्रिय कोरियन सिरिजहरू समावेश गरेको छ ।
चर्चित कोरियन सिरिजहरू डिसहोमको गो एपमा उपलब्ध रहेकोले अब युवायुवतीले सहज रूपमा हेर्न पाउने भएका छन् । यी कोरियन सिरिजले नेपाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको बताइएको छ ।
डिसहोमको गो एपमा १५० भन्दाबढी लाईभ टिभी च्यानलहरू पनि हेर्न सकिने बताइएको छ । सातदिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सातदिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिने व्यवस्था गरिएको छ ।
एप गुगल प्लेस्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १९:४७
प्रतिक्रिया दिनुहोस्