site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी चौकी इञ्चार्ज मृत फेला परेको घटनामा आमा छोरा पक्राउ
सांकेतिक तस्बिर।
Sarbottam CementSarbottam Cement

गलकोट । होटेलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटेल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खारबजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ ।

यस्तै, मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ ।

Global Ime bank

आशा होटल एन्ड खाजा घरमा गएराति प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ ।

प्रहरी उपरीक्षक खड्काले भने, “प्रहरी गहिरो अनुसन्धानमा छ । प्रहरी इञ्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो । घटना शङ्कास्पद देखिन्छ । प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement