site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट अहिलेदेखि गरौं : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी आम निर्वाचनमा एक्लै लड्ने आँट गर्नुपर्ने बताएका छन् ।

४४औँ विपी जयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन प्रणालीका कारण चुनावमा नभएर चुनावपछि गठबन्धन गनुपर्ने बताए ।

“अब आउने आम निर्वाचनहरूमा गठबन्धनमा त हामी जानैपर्छ । यही निर्वाचन प्रणालीबाट पनि गठबन्धनमा जानुपर्छ । यस्तो निर्वाचन प्रणाली बनाएका छौँ कि गठबन्धनबिना जान सक्दैनौं,” उनले भने, “तर, प्रि पोल अलायन्स गरेर होइन । पोष्ट पोल अलाइन्स गरेर हामी जानुपर्छ ।”

उनले एक्लै चुनावमा जाँदा एउटा दिशामा पार्टी जाने विश्वास व्यक्त गरे ।

“हामी एक्लै चुनाव लड्न सक्छौँ भन्ने आँट आजदेखि अहिलेदेखि हामीहरू गरौं आगामी निर्वाचनहरूमा कांग्रेसले एउटा दिशा लिन्छ भन्ने विश्वास छ,” कोइरालाले भने ।

उनले गएको चुनावमा साढे सात प्रतिशत समानुपातिका भोट घटेको बताए । धेरै ठाउँमा कांग्रेसको उमेदवार नभएकाले भोट घटेको उनको भनाइ छ । टिकट वितरणमा न्याय दिन नसकेको भन्दै क्षमा पनि मागे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro