site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष नेताको सम्पत्ति छानबिन हुनैपर्छ : कानुनमन्त्री गुरुङ
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए । 

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गरे ।

भ्रष्टाचारका ठूल्ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेलाई कानुनी कठघरामा उभ्याउने उनले बताए । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको परवाह नरहेको उनको भनाइ छ ।

“भ्रष्टाचारका ठूलाठूला काण्डहरुको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु– प्रधानमन्त्रज्यू, अघि बढ्नुस् । जो जो पर्छन् पर्छन्,” उनले भने, “कांग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन । भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने हो ।”

गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५औँ अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए । १५औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने उनले उद्घोष समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro