site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाले भने– संविधान ढुंगाको अक्षर होइन, परिमार्जन गर्न सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान कुनै ढुंगाको अक्षर नभएको भन्दै परिमार्जन गर्न सकिने बताएका छन् । केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा महामन्त्री थापाले संविधानको ‘ओनरसिप’ लिँदै यसको कार्यान्वयनका जटिलता हेरेर परिमार्जन गर्न सकिने बताए ।

“आदरणीय नेता कृष्ण सिटौलाले महत्वपूर्ण विषय उठाउनु भएको छ । हाम्रो संविधान उत्कृष्ट छ । हामीसँग महत्वपूर्ण डकुमेन्ट छ,” थापाले भने, “पहिले संविधानको स्वामित्व लिन्छौँ । तर, संविधान परिवर्तन गर्नै नसकिने ढुंगाको अक्षर होइन ।”

उनले अहिले निर्वाचन प्रणालीका कारण स्थिरतामा प्रश्न उठेको भन्दै स्थिरता पनि दिने र संविधानको संरक्षण पनि गर्ने गरी छलफल चलाउनुपर्ने बताए ।

“स्थिर सरकार दिने गरी निर्वाचनका प्रबन्धमा सुधार गर्न सकिन्छ । छलफल गरौँ,” थापाले भने, “संविधानको मूलभूत स्वामित्व हामी लिन्छौँ । तर, यसका कमीकमजोरी हामीले नै सुधार्ने हो ।”

पूर्वमहामन्त्री कृष्ण सिटौलाले संविधानको कार्यान्वयन गर्न नसक्दै परिमार्जनको कुरा उठ्नु उपयुक्त नभएको बताएका थिए । उनले नयाँ संविधानबाट नयाँ व्यवस्था सुनिश्चित भएपछि जनताले त्यसको स्वामित्व लिने गरी काम हुन नसकेको भनेर असन्तुष्टि जनाएका थिए ।

सिटौलालाई सोही विषयमा थापाले जवाफ दिएका हुन् ।

यस्तै, महामन्त्री थापाले गर्नुपर्ने काम नगरेका कारण असन्तुष्टि आएको पनि बताए ।

“कर्मचारीका कानुन नबनाउने, प्रहरीका कानुन नबनाउने । अनि कसले स्वामित्व लिइदिन्छ ?,” प्रश्न गर्दै थापाले भने, “निर्वाचन आयोगले प्रस्ताव गरेको छ, यसभित्रका राम्रा पक्षहरुलाई हामीले प्रवद्र्धन गर्नुपर्छ ।”

उनले कांग्रेस नभए संविधान दुर्घटनामा पर्ने भन्दै कांग्रेस नलागे संविधानको विस्तृत कार्यान्वयन गर्न १५ वर्ष लाग्न सक्ने बताए ।

“कांग्रेस लागेन भने १५ वर्ष लाग्न सक्छ, तर कांग्रेस लागि पर्ने हो भने पाँच वर्षमा संिविधानका व्यवस्था कार्यान्वयन हुन्छन् । र, जनताले स्वामित्व लिने अवस्था बन्छ,” महामन्त्री थापाले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro