site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकृष्ण खाँणको निलम्बनमा पार्टी हतारिने होइन : एनपी साउद
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न पार्टी हतारिनु नहुने बताएका छन् ।

यही साउन २ गतेदेखि सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले आरोपकै आधारमा कोही व्यक्ति दोषी प्रमाणित नहुने उल्लेख गरे । दोषी प्रमाणित भए स्वतः सदस्यबाट निलम्बित हुने उनले बताए ।

Dabur Nepal
NIC Asia

“हत्या र बलात्कारमा कोही पक्राउ पर्‍यो भने त्यही दिन निलम्बन गर्दा हुन्छ । तर, कोही व्यक्ति अनुसन्धानमा तानिँदैमा निलम्बन गर्ने होइन,” साउदले भने, “अदालतको आदेश कुर्नुपर्छ । होइन भने कसैले कुनै इन्टेन्सनसहित अरोप लगाइदिने, पार्टीले निकालिने कुरा गलत हुन्छ ।”

उनले खाँणका विषयमा कांग्रेसले ठिक गरिरहेको भन्दै पत्रपत्रिकाले लेखेकै आधारमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

उनले राष्ट्रिय राजनीतिमा कांग्रेसले लिएको बाटो ठिक भएको भन्दै आत्मविश्वासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

“कांग्रेस ठिक ट्रयाकमा छ, आत्मविश्वास राखेर अघि बढ्नुपर्छ,” साउदले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro