अर्थ व्यवसाय
काठमाडौं । बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई नियमन गर्न छुट्टै विशिष्टिकृत नियमन निकाय स्थापना गर्न नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्न यस्तो निकाय स्थापन गर्न लागिएको हो ।
यसले सहकारीलाई व्यवस्थित रूपमा सञ्चालनका लागि मद्दत पुग्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १४:०१
प्रतिक्रिया दिनुहोस्