site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नहरमा शव भेटियो
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुंगे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ ।कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुंगे पुलबाट हाम फालेका थिए । 

डीएसपी डाँगीका अनुसार भट्टसँगै झोलुंगे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको खोजीमा सुरक्षाकर्मी र रेडक्रसको टोली खटिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement