site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ट्विटरको लोगो चेन्ज गर्दै एलन मस्क, एक्स हुने संकेत

काठमाडौं । ट्विटरका मालिक एलन मस्कले ट्विटरको लोगो परिवर्तन गर्ने प्रक्रियामा रहेको संकेत गरेका छन् । मस्कले आइतबार “हामीले चाँडै ट्विटर ब्रान्ड र विस्तारै सबै चराहरुलाई अलबिदा गर्नुपर्छ” भनेर ट्विट गरेका हुन् ।

उनले अर्काे ट्विटमा भनेका छन्, “यदि आज राति 'एक्स'का लागि उत्कृष्ट लोगो पोस्ट भयो भने हामी भोलि विश्वव्यापी रुपमा लाइभ गर्नेछौं ।”

Argakhachi Cement Island Ad

अर्काे ट्विटमा मस्कले एक्सको छोटो भिडियो क्लिप पोस्ट गरेका छन् । त्यसपछि उनले 'डेस एक्स' लेखेर ट्विट गरेका छन् । डेसकाे अर्थ ल्याटिन भाषामा भगवान हुने उल्लेख छ । तर, मस्कले यस बिषयमा थप विवरण भने खुलाएका छैनन् । उनले ट्विटरलाई सबै काम गर्न सकिने एपका रुपमा विकास गर्न खोजेका छन् र यसलाई एक्स नाम दिन खोजेका छन् ।

मस्कले यसअघि नै पनि ट्विटरमा अनेकौं फेरबदल गरेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्