site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लम्पी स्किन साढे १० लाख चौपाया संक्रमित, ४८ हजार मरे : कसरी जोगाउने ?

काठमाडौं । ०७९ चैतयता गाइभैँसीमा महामारीको रूपमा फैलिरहेको लम्पी स्किनबाट साढे १० लाख चौपाया संक्रमित भएका छन् । पशु सेवा विभागको तथ्यांक अनुसार चैतयता साउन ४ गतेसम्म १० लाख ५४ हजार ५५ पशु संक्रमित भएका हुन् ।

यस अवधिमा लम्पी स्किन संक्रमणबाट ४८ हजार १३३ चौपाया मरेका छन् । संक्रमितमध्ये सात लाख ६८ हजार ६४१ पशु निको भएको र दुई लाख ३७ हजार २८१ चौपायाअहिले पनि संक्रमित रहेको विभागको तथ्यांक छ ।

सातै प्रदेशका ७७ जिल्लामा संक्रमण फैलिएकोमा सबैभन्दा बढी सुदूरपश्चिम प्रभावित भएको छ । विभागको तथ्यांक अनुसार सुदूरपश्चिमका तीन लाख ९ हजार पशु संक्रमित भएका छन् भने २५ हजार ६०१ चौपाया मरेका छन् । 

कोसी र कर्णाली प्रदेश पनि लम्पी स्किनबाट बढी प्रभावित भएका छन् । कर्णालीमा दुई लाख १७ हजार १३५ चौपायामा संक्रमण देखिएको छ भने ६ हजार ७४१ पशु मरेका छन् ।  त्यस्तै, कोसीमा दुई लाख १४ हजार ६४५ चौपाया संक्रमण देखिएकोमा ४ हजार ८१४ पशु मरेका छन् ।  लुम्बिनी प्रदेशमा पनि चारहजार चौपायालम्पी स्किन संक्रमणबाट मरेका छन् । 

सरकारले यही वर्ष १० लाख ३७ हजार पशुलाई दिने गरी लम्पी स्किन डिजिज भाइरसविरुद्धको खोप ल्याएको छ । साउन ४ गतेसम्म तीन लाख एक हजार २४६ पशुलाई खोप दिइएको विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले बताए । 

नेपालमा पहिलोपटक २०७७ मा लम्पी स्किन देखिएको भए पनि महामारीको रूपमा भने यो वर्ष मात्रै फैलिएको डा. उपाध्याय बताउँछन् । गाइभैँसी गोरु हुँदै पछिल्लोपटक हिमाली क्षेत्रमा पालिएका याकमा समेत यो संक्रमण पुष्टि भएको छ । 

कसरी जोगाउने पशु ? 

लम्पी स्किन संक्रमणबाट जोगाउन सरकारले अभियान नै सञ्चालन गरेर यो रोगविरुद्धको खोप (निथ्लिङ स्ट्रेन) दिइरहेको छ । संक्रमण भइसकेको पशुलाई भने एक वर्षसम्म यो खोप दिनुनपर्ने विभागले जनाएको छ । 

संक्रमणबाट जोगाउन गाइभैँसी, गोरु, राँगा र तीन महिना पूरा भएका बाच्छाबाच्छी, पाडापाडीलाई तोकेको मात्रामा बर्सेनि खोप दिनुपर्छ । त्यस्तै, नयाँ पशु ल्याइएको भए २८ दिनसम्म तिनलाई अरूभन्दा अलग्गै गोठमा राख्नु पर्छ । 

गोठ र पशुको सरसफइमा ध्यान दिन पनि विभागले सुझाएको छ । लम्पी स्किन चौपयाबाट मानिसमा भने सर्दैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro