site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकाको मुद्रास्फीति १०.८ प्रतिशत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोलम्बो । श्रीलंकाको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ ।

श्रीलंकाको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा यसमा थप कमी आई १०.८ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।

विभागका अनुसार खाद्य क्षेत्रको मुद्रास्फीति मे महिनामा १५.८ प्रतिशत रहेकोमा गत महिना घटेर २.५ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति जुनमा २७.६ प्रतिशतबाट घटेर १८.३ प्रतिशतमा झरेको छ ।

गत वर्ष एनसीपीआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको श्रीलंकाको मुद्रास्फीति सेप्टेम्बर २०२२ देखि निरन्तर घटिरहेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ र सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कमा झार्ने बताएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय