जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जनकपुर सुरक्षा अस्पताल अगाडि प्रर्दशन भइरहेको छ । चिकित्सकको लापरवाहीले पाठेघर शल्यक्रियाको लागि पुगेकी एक महिलाको मृत्यु भएको भन्दै अस्पताल अगाडि शव राखेर प्रर्दशन भइरहेको हो ।
शुक्रबार (आज) दिउँसो जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि उनको परिवारले शव नबुझेर अस्पतालविरुद्ध प्रर्दशन गरिरहेको छ । अहिले अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।
उनी गत बुधबार अस्पताल भर्ना भएकी थिइन् । धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले भीडलाई शान्त बनाउन प्रहरी परिचालन गरिएको बताए । दुवै पक्षलाई राखेर वार्ताको माध्यमबाट निकास दिइने उनले बताए ।