site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पत्रकार न्यौपाने र साहित्यकार रेग्मीलाई दधिराज पुरस्कार 

विराटनगर । वरिष्ठ साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपाने दधिराज सुवेदी पुरस्कारबाट पुरस्कृत भएका छन् । रेग्मीलाइ साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएबापत दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शुक्रबार विराटनगरमा पुरस्कृत गरेको हो ।

दुवैजनालाई संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पुरस्कृत गरे ।‌

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्य पुरस्कार ५१ हजार र पत्रकारिता पुरस्कार २५ हजार राशिको हो । 

आर्थिक बिटमा पत्रकारिता गर्ने न्यौपाने बिजमाण्डू अनलाइन पत्रिकामा आबद्ध छन् । रेग्मी नेपालगञ्जका साहित्यकार हुन् ।

विराटनगरका प्राज्ञ दधिराज सुवेदीको जीवनकालमै उनका छोराले स्थापना गरेको प्रतिष्ठानले सात वर्षदेखि साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्