site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमामा कति थुप्रियो फोहोर ?

काठमाडौं । अन्तरिक्ष अन्वेषणको क्रममा मानवजाति चन्द्रमामा पाइला टेक्न सफल भएको छ । अन्य केही ग्रहमा मानव निर्मित यानहरू पठाउन सफल भएको छ, भने सौर्यमण्डल भन्दाबाहिर भ्वाएजर जस्ता ‘स्पेस प्रोब’ पठाएको छ ।

अन्तरिक्ष खोजको दौडमा महत्वपूर्ण योगदान गरेको सोभियत संघले सन् १९५७ को अक्टोबर ४ मा पहिलो मानव निर्मित भू–उपग्रह (स्याटेलाइट) स्पुतनिक १ को प्रक्षेपण गरेको थियो ।

सोभियत संघले नै पहिलोपटक मानवनिर्मित लुना २ स्याटेलाइटलाई चन्द्रमामा पुर्‍याएको थियो । सोभियत संघकै युरी गागरिन सन् १९६१ को अप्रिल १२ मा अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति बनेका थिए ।

Dabur Nepal
NIC Asia

सोभियत संघलाई टक्कर दिँदै अन्तरिक्ष दौडमा गति लिएको अमेरिकाका अन्तरिक्षयात्री चन्द्रमामा पुग्ने पहिलो मानिस बनेका थिए ।

सन् १९६९ को जुलाई २० सुरुमा नील आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस बनेका थिए । दोस्रो नम्बरमा सोही मिसनमा रहेका बज एल्ड्रिनले चन्द्रमाको सतहमा पाइला टेकेका थिए ।

सन् १९७२ मा अपोलो मिसन समाप्त हुनुअघि थप पाँच मिसन चन्द्रमामा अवतरण भएका थिए । हालसम्म २४ अन्तरिक्षयात्री चन्द्रमामा पुगेका छन् । ती सबै अमेरिकी नागरिक हुन् र तीमध्येका १२ अन्तरिक्षयात्री चन्द्रमाको सतहमा हिँडेका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०१७ मा अघि सारेको आर्टेमिस मिसनको आर्टेमिस तीनअन्तर्गत फेरि मानिसलाई चन्द्रमामा उतार्ने लक्ष्य राखेको छ ।

सबै गरेर चन्द्रमामा दुई लाख २६ हजार किलोग्राम भन्दाबढी मानव निर्मित वस्तु विर्सजन भएको छ । जसमा ७० भन्दाबढी अन्तरिक्षयानहरू रहेको छ । पृथ्वीमा फिर्ता ल्याउन आवश्यक नभएका कारण ती अन्तरिक्षयानका टुक्राहरू त्यहाँ छोडिएको हो ।

अन्तरिक्षयात्रीहरूले चन्द्रमामा पुगेपछि फालेको फोहोरसँगै खाना र दिशापिसाब प्याक गरिएका १०० प्याकेट चन्द्रमामा विर्सजन गरिएको छ ।

nasa-lunar-illustrtation-moon1689934899.png

अपोलो मिसनका अन्तरिक्ष यात्रीहरूले टेलिभिजन र अन्य अनावश्यक उपकरणहरू पनि त्यहाँ फालेका थिए । त्यसको तौल कम गरेर उनीहरूले चन्द्रमाबाट ढुंगाका टुक्रा र धुलो परिक्षणका लागि पृथ्वीमा ल्याउन चाहेका थिए । 

यसैकारण अपोलो मिसनभरी करिब २२६ किलो चन्द्रमाको ढुंगा र माटो अन्तरिक्षयात्रीहरूले पृथ्वीमा ल्याएका थिए ।

यस्तै, सम्झनाका लागि चन्द्रमाको सतहमा ६ वटा अमेरिकी झण्डा र दुईवटा गल्फ बल रहेका छन् । अपोलो ११ को ल्यान्डिङ मोड्युल पनि चन्द्रमामा छ । उक्त मोड्युलमा लेखिएको छ, “यहाँ पृथ्वी ग्रहका मानिसले १९६९ एडीको जुलाइमा पहिलोपटक पाइला टेकेका छन् । हामी सबै मानवजातिको लागि शान्तिमा आएका छौँ ।”

चन्द्रमामा पहिलोपटक मानिस पुगेको ५० वर्ष भन्दाबढी भइसक्दा यसै दशकभित्र नासाले फेरि त्यहाँ मान्छे फर्काउने लक्ष्य राखेको छ । चीनले पनि सन् २०३० सम्ममा चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro