site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईयूले नेपाललाई साढे १० अर्बभन्दा बढी आर्थिक सहायता दिने 

काठमाडौं । युरोपेली संघ (ईयू)ले नेपालको शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा १०.६३ अर्ब रुपैयाँ आर्थिक सहयता स्वरुप उपलब्ध गराउने भएको छ । 

उक्त सहायता प्रदान गर्ने सम्बन्धमा नेपाल र ईयूबीच शुक्रबार दुई छुटुटाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार ईयूले विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत सबैको लागि गुणस्तरीय शिक्षा कार्यक्रममा पाँच करोड युरो (७.३८ अर्ब रुपैयाँ) अनुदान स्वरुप उपलब्ध गराउने छ । 

यस्तै, स्थानीय पहलबाट जलवायु परिवर्तनका असर कम गर्न दुई करोड २० लाख युरो (३.२५ अर्ब रुपैयाँ) अनुदान स्वरुप ईयूले उपलब्ध गराउनेछ ।  

‘सबैका लागि गुणस्तरीय शिक्षा’मा गरिने सहयोगले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भूमिका खेल्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न योगदान दिने जनाइएको छ । 

“विद्यालय शिक्षा क्षेत्र योजनाले शिक्षामा पहुँच बढाउनुका साथै शिक्षाको गुणस्तर समेत वृद्धि गर्नेछ, जुन जनशक्ति विकासको लागि महत्वपूर्ण हुनेमा म आशावादी छु,” अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेलले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro