site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समयमै भुक्तानी र ठेक्काको म्याद थप गर्नुपर्ने मागसहित निर्माण व्यवसायी जुटे राष्ट्रिय सम्मेलनमा 

काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलामा उपस्थित हुन ७७ जिल्लाबाट आइपुगेका निर्माण व्यवसायीहरूले सरकारले आफूहरूको मागलाई बेवास्ता गरेपछि राष्ट्रिय सम्मेलन गरी समस्याको समाधान खोज्न लागेको बताए । 

उनीहरूले निर्माण उद्योगमा भएका समस्या, देशभरका निर्माण व्यवसायीको अवस्था र गर्नुपर्ने सुधारका बारेमा छलफल गरी सरकारलाई सुझाव दिन सम्मेलन आयोजना भएको बताएका छन् । 

Dabur Nepal
NIC Asia

न्युज एनेन्सी नेपालसँग नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले २०७९/०८० को आर्थिक वर्षमा निर्माण उद्योगमा भएका समस्या र ७७ जिल्लामा रहेका निर्माण व्यवसायीको अवस्था, आवश्यक सुधार र आर्थिक वर्ष ०८०/०८१ मा कसरी निर्माण उद्योग अघि बढाउने भन्ने बारेमा छलफल गर्न सम्मेलन गरिएको बताए । उनले निर्माण व्यवसायीले निर्वाह गर्ने र सरकारले सहयोग गर्ने भूमिकाका बारेमा विस्तृत छलफल गरी निर्माण व्यवसयालाई चलायमान बनाउन सरकारलाई आवश्यक सुझाव दिन सम्मेलन केन्द्रित हुने बताए । 

उनले सरकारले ७२ रुपैयाँमा ‘स्टिमेट’ (योजना) गरेका आयोजनाहरूमा निर्माण व्यवसायीलाई १७८ रुपैयाँमा डिजेललगायत सामग्री किन्न बाध्य बनाइएको र डन्डीको मूल्य पनि ६८ बाट ११४ रुपैयाँसम्म पुर्याइएको भन्दै आपत्ति जनाए । उनले निर्माणको भुक्तानी सरकारले गर्न नसकेको, असार मसान्तमा मात्रै दुई खर्बभन्दा बढी पूँजिगत खर्च गर्नेकुरा राम्रो नभएको बताए । 

उनले अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरूले पठाएको १० अर्बभन्दा बढी उठिसकेको (दायित्व सिर्जना भइसकेको) बिलको भुक्तानी गर्न नसकेको बताए । उनले निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारेमा बारम्बार सरकारलाई जानकारी गराउँदा सरकार उदासिन बनेको आरोप लगाए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro