site stats
बाह्रखरी :: Baahrakhari
देश
मनमोहन कार्डियोमा दिउँसोको ओपीडी सेवा बन्द 

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार दिउँसोका ओपीडी सेवा बन्द गरेको छ ।  

सेन्टरले स्वर्गीय फार्मासिष्ट अमृत पोख्रेलको शोकमा शुक्रबार बिदा गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृतक पोख्रेलको सम्झनामा सेन्टरले शुक्रबार दिउँसो श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । सभापश्चात इमर्जेन्सी र अन्तरंग बाहेकका सेवा बन्द गरिने सेन्टरले जनाएको छ । 

असार २९ गते सेन्टरका फार्मेसी अधिकृत पोख्रेलले अस्पताल परिसरमा नै आत्महत्या गरेका थिए । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
manmohan1689926604.png

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्