site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिन्धुघाटी/हडप्पा सभ्यता : खोज र उत्खननको कथा 

ब्रिटिस सेनाका जेम्स लुइस (चाल्स मेसन)को पुरानो सिक्का जम्मा गर्ने सोख थियो । उनले सन् १८२७ मा सेनाको जागिर छोडी पञ्जाबी इलाकामा उत्खनन् गर्दा भेट्टाइएका पुराना सिक्का जम्मा गरे ।  उनी सन् १८२९ मौनगमरी हाल पाकिस्तानी पञ्जावको शाहीवान इलाका पुगेछन् । घुम्दै गर्दा २५ किलोमिटर टाढा हडप्पामा पुरानो सहरको अवशेष भेटियो । यो सहर कसले बनायो र कति पुरानो हो भन्ने स्थानीय बासिन्दालाई पनि थाहा थिएन । मेसनले आफ्नो डायरीमा टिपे र बेलायत फर्के । पछि उनले बेलुचिस्तान, अफगानिस्तान र भारत (हाल पाकिस्तान) को यात्रा र हडप्पा भेट्टाइएको पुरानो सहरको पनि विवरण राखेर पुस्तक प्रकाशित गरे । 

 

सन् १८६१ मा इस्ट इन्डिया कम्पनीबाट ब्रिटिस सरकारले भारतको शासनभार आफ्नो हातमा लियो । यही साल आर्किलोजिकल सोसाइटी अफ इन्डियाको स्थापना भयो। पहिलो डाइरेक्टर ब्रिटिस सेनाको कमिस्नर अलेक्जेन्दर कनिङ्गघमलाई बनाइयो । मेसरको किताब पढेका उनले हडप्पाको भ्रमण गरे । उनले हडप्पामा मुर्ति कुँदिएका ढुंगाका थुप्रै सिक्का जस्ता ‘सील’हरू भेट्टाए । उनले यो सभ्यता बौद्धहरूको रहेको र ‘सील’हरू हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

 

सन् १९०४ मा  आर्किलोजिकल सर्भे अफ इन्डियाको डाइरेक्टर जोन मार्सल बने । उनले दयाराम साहनीलाई हडप्पा उत्खननको काम जिम्मा दिए । यति नै बेला सिन्ध प्रान्तमा अर्को पुरातात्विक स्थल मोहनजोडारोमा केही पुराना अवशेषहरू भेट्टाइयो । जोन मार्सलले डी.आर. भण्डारकर र आर.डी. बनर्जीलाई यो स्थानको निरीक्षणको काम दिए । सन् १९२३ मा बनर्जीले मार्सललाई यो साईट धेरै पुरानो हुन सक्ने तथा हडप्पा र मोहनजोडारोमा धेरै समानता रहेको पनि जानकारी दिए । दयाराम र बनर्जीको टिपोट मिलाएपछि १९२४ मा जोन मार्सलले लन्डनको एउटा पत्रिकामा अति पुराना सहर/सभ्यता भेट्टाएको घोषणा गरे । र उनले यसलाई ‘सिन्धुघाटीको सभ्यता’ नाम दिए । मोहनजोडरोको उत्खनन १९२५ देखि १९३१ सम्म चल्यो । 

Global Ime bank

 

सन् १९४७ को इन्डिया विभाजनपछि यो इलाका पाकिस्तानमा परे । पछि हरियाणा र पञ्जावतिर बग्ने घघरहाकडा नदी किनारमा अरू स्थलहरू पनि पत्ता लाग्यो । घघरहाकडा नदी पौराणिक ग्रन्थमा उल्लिखित सरश्वती नदी नै हो भन्ने अनुमान गरिन्छ । सन् २००२ सम्म एक हजारभन्दा बढी पुरातात्विक स्थालहरू फेला परिुकेका छन् । सन् २००८ को प्रतिवेदनअनुसार ४०६  स्थल पाकिस्तानमा र ६१६ भारतमा रहेका छन् । प्रमुख सहरमा हडप्पा, मोहनजोडरो, ढोलोबिरा,  गनेरेवाला र राखीगढी हुन् । 

 

सभ्यताको कालखण्ड 

 

ईपू  ७००० - ५००० लाई पूर्वहडप्पा सभ्यता  भनिन्छ । यो नव पाषाणकाल हो ।  यतिबेला मानवजातिले खेतीपाती सुरू गरेको मानिन्छ । यतिबेला मेहरगढ (बलुचिस्तान), बेरहाना (हाल फतेहपुर भारत) मा सानो बस्तीको सुरु भएको मानिन्छ । 

 

ईपू ३००० तिर हडप्पा सभ्यता सुरु भएको मानिन्छ । त्यस समयमा केराउ, तिल, कपास खेती गरेको प्रामाण भेटिएको छ । वाणिज्य प्रवर्द्धन र व्यक्ति पहिचान हेतु ‘सील’को प्रयोग भएको हुनसक्छ ।  अनाज भण्डारणका लागि बनाइएको इट्टाको गाह्रो लगाइएको कोठाहरू पनि भेटिएका छन् । साथै माटोको भाँडो बनाउने र प्रयोग गर्ने गरेको प्रमाण पनि उत्खननमा पाइएको छ । 

 

ईपू ६०० - १९०० को समय सिन्धुघाटी सभ्यताको स्वर्णीमकाल मानिन्छ । मोहनजोडरोको उत्खननबाट यो पत्ता लागेको हो ।  यस सभ्यताले १० लाख वर्ग किमी ढाकेको र ५० लाख जनसङ्ख्या भएका बस्तीहरू ढाकेको अनुमान गरिन्छ ।  त्यतिबेलाका सहरहरू नियोजितरूपमा बनाइएका पाइन्छन् । माथ्लो गढमा अन्न भण्डारण गर्ने व्यवस्था मिलाइएको पाइन्छ भने तल्लो गढमा बाढी पस्न नदिन पाकेको इट्टाको पक्का पर्खाल लगाइएको थियो । चौडा सडक, चारपाटा मिलेको बस्ती, निकासको लागि ढल, ताल, भाँडा बनाउने कारखाना आदि भेट्टाइएको छ । बच्चाहरूले खेल्ने खेलौना, माटाका भाँडाकुँडा, विभिन्न व्यक्तिहरूको छाप ‘सील’ का साथै जनावरहरूको मूर्ति पनि बनाइएको भेटिएको थियो । मोहनजोडारोमा चैत्यरूपी संरचना र भिक्षुहरूले लगाउने चिवर धारण गरेका दाह्रीवाल व्यक्तिको मूर्तिसमेत भेटिएको छ । 

 

अचम्म त वैदिककालको निकट रहेको यो सभ्यतामा न वैदिककालको अग्नि पूजाको अवशेष, न लिपी, न महाभारतकाल (५००० साल पहिले) को कुनै अवशेष वा देवीदेवता भेटिएको छ । हिन्दु ग्रन्थहरूमा समेत यो सभ्यताको कुनै उल्लेख पाइँदैन । 

mohanjodaro1689911002.jpg

सिन्धुघाटी सभ्यताको पतन 

 

आर्य आक्रमण सिद्धान्त

एकथरीले ककेसियन पहाडको चेपोमा बग्ने भोल्गा नदी छेउमा बस्ने आर्य (ककेसियन)हरूको आक्रमणबाट सम्पूर्ण सभ्यताको विनाश भएको अनुमान गरेका छन् । र त्यसपछि वैदिककाल सुरू भएको भनिन्छ ।  कुनै पनि  नरसंहारको अवशेष नपाइनु र हिन्दुहरूले प्रयोग गर्ने संस्कृत भाषा नपाउनु यस सिद्धान्तको कमजोरी हो । 

 

ठूलो भूकम्प

-ईपू २२०० तिर धोलाबिरा क्षेत्रमा गएको ठूलो भूकम्पको अवशेष पाइन्छ । संभवतः भूकम्प अनि पराकम्पहरूको शृङ्खलाबाट डराएर यहाँका बासिन्दा यो क्षेत्र छोडेर गंगा नदीको समथर उर्वर भूमितिर सरेको अर्काथरीको अनुमान छ । 

 

सुख्खा अनि अनिकाल

यो क्षेत्रमा पानी नपरेर  नदीहरू पनि सुकेर ठूलो सुख्खाले भोकमरी भएपछि यताका बासिन्दा गंगा नदीको समथर भूमितिर सरेको अनुमान लगाउनेहरू पनि छन् । 

 

जेहोस् ईपू १३०० सम्ममा यस सभ्यताको पूर्ण विनाश भएको देखिन्छ । पछि ६०० ईपूमा बुद्ध धर्मको विस्तारसँगै यो क्षेत्र बुद्धमय हुनु र गौतम बुद्ध अगाडिका २८ बुद्ध रहनु र मोहनजोडारोमा चैत्य आकृति भेटिनु काकतालीमात्र नहोला । त्यसमा पनि यो सभ्यतामा समकालीन सभ्यताहरूमा जस्तो ठूलोसानोको भेद देखिने र राजमहल तथा देवदेवीको मन्दिर नपाइनुले श्रवण परम्पराको हुनसक्ने अनुमान लगाउन सकिन्छ । बुद्धले यतैतिरको परम्पराका कारण "यसो धम्म सनातन" भनेको हुन् कि ? 

विभिन्न स्रोतबाट संकलित सामग्रीका आधारमा । तस्बिर साभार : विकीपेडिया )

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement