site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से स्थिर, कारोबार रकम तीन अर्बभन्दा बढी 

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । 

आज नेप्से १.३१ प्रतिशतले घटेर २१६३.९२ को बिन्दुमा झरेको छ । आज २६४ धितोपत्र कम्पनीको चार लाख २४ हजार १० कित्ता सेयर तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन सेन्सेटिभ इन्डेक्स भने ०.०१ प्रतिशतले बढेर ४१०.५२ को बिन्दु कायम भएको छ । आज १३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । भने आठवटा उपसमूहको समूहगत सूचक घटेको छ । 

विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फन्ड र कुमारी इक्वीटी फन्डको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्