site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुन उल्लंघन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन् । 

बिहीबार सिंहदरबारमा उपभोग्य बस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका हुन् । 

“गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकता पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइनेछ,” उनले भने ।  

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे । 

उनले सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेकाले सुशासनबाट नै समृद्धिको लक्ष्य पुरा गर्न सकिने धारणा राखे । 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro