site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्रसँग चुनाव हारेका शिवचन्द्रलाई जनमतले पार्टीबाट निकाल्यो
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा उमेदवार बनेका शिवचन्द्र कुशवाहलाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी अनुशासनविपरीतका काम गरेको र नेतृत्वविरुद्ध लागेको भन्दै कुशवाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले जानकारी दिए ।

यस्तै, सप्तरीका गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा ‘बागी’ उमेदवारी दिएको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।

सप्तरीकै शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ‘बागी’ उमेदवारी दिएर असहयोग गरेको आरोपमा एक वर्षका लागि पार्टीबाट निलम्बन गरिएको छ ।

रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रको निर्देशन उल्लंघन गरेको र गुटबन्दी गरेको भन्दै केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको छ ।

कपिलवस्तुका भगवानदास यादवलाई पार्टी बैठकमा होहल्ला गरेको भन्दै एक वर्षसम्म सदस्यता निलम्बन गरिएको छ । बुधबार बसेको पार्टी बैठकबाट उनीहरूलाई निलम्बन गरिएको जनमतका उपाध्यक्ष समेत रहेका साहले जानकारी दिए ।

adfmg1689831756.png

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्