खेल
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध नेपाली टिमका ओपनर अर्जुन साउद दोस्रो इनिङको पहिलो बलमै आउट भएका छन् ।
बुधबार श्रीलंकाको पी सारा ओभलमा यूएईले प्रस्तुत गरेको १५८ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले इनिङको पहिलो बलमै अर्जुनलाई गुमाएको हो । अर्जुनलाई यूएईका मुहम्मद जवादुल्लाहले एलबीडब्लूको धरापमा पारेका थिए ।
जारी खेलको दुई ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर नौ रन जोडेको छ । हाल क्रिजमा रहेका कुशल भुर्तेल १० र देव खनाल आठ रनमा खेलिरहेका छन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १४:०१
प्रतिक्रिया दिनुहोस्