site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महामन्त्रीद्वयमाथि उठ्यो अनुशासनको प्रश्न

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले अनुशासन नमानेको प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सांकेतिक रूपमा महामन्त्रीमाथि प्रश्न उठाएका हुन् । 

बुधबार उनले 'केन्द्रीय कार्यमितिमा बस्ने व्यक्तिहरूमा अनुशासन लागु हुन्छ कि हुँदैन ?' भनेर प्रश्न गरेका हुन् । 

“केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई अनुशासन लाग्छ कि लाग्दैन ? एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दैगर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन,” उनले भने, “तथानाम छ जे पायो त्यही गरिएको छ । अनुशासनविहीनताले कांग्रेसलाई अघि बढाउने अवस्थामा हामी छैनौँ ।”

उनले मनमौजी भएर कांग्रेस नबन्ने बताए । “आफूलाई चाहियो । आफ्नो अनुयायी चाहियो । कांग्रेसको समर्थकले पुगेन,” उनले भने, “जिल्लाको भ्रमण गर्दै जादा पनि आफ्नो समर्थक र आफूसँग आफ्नो मानमर्दन बढाउनेहरूसँग संवाद गरेर फर्कने गरेका छौँ ।”

सबै कांग्रेसलाई एक ठाउँमा ल्याउने काम कसैले नगरेको भन्दै उनले अनुशासन सबैभन्दा ठूलो विषय भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro