site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस सभापति यादव भन्छन्– गठबन्धनले मधेसमा कांग्रेस थप कमजोर बन्यो

काठमाडौं । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टीको गलत निर्णयले अघिल्लो निर्वाचनमा कांग्रेस मधेसमा कमजोर भएको बताएका छन् । उनले विगतमा कांग्रेस छोड्नेहरूसमेत फर्कने क्रम सुरु भएका बेला पार्टी नेतृत्वले अरू पार्टीसँग गरेको गठबन्धनले पार्टी थप कमजोर बनेको बताए । 

“मधेस भनेको नेपाली कांग्रेसको जन्मभूमि हो । मधेसमा जब–जब बलियो भएको छ, तब–तब कांग्रेस सत्तामा छ,” बुधबार यादवले केन्द्रीय समिति बैठकमा भने, “हामीले विगतको चुनावबाट मधेसमा कांग्रेसले गठबन्धन गर्दा ठुलो चोट लागेको छ । एक्लै बहुमत ल्याउने मधेसमा केही विगतमा छोडेका साथीहरू फर्कने क्रममा थिए । तर, गठबन्धन गर्दा ६४ सिटमा २३ मा सीमित भयौँ ।”

उनले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने विषय नभएको पनि टिप्पणी गरे ।

जनसंख्याको अनुपातमा मधेस बजेटमा पनि हेपिएको भन्दै उनले त्यसले कांग्रेसको अवस्था सुधारमा सहयोग नगर्ने बताए । 
उनले पनि प्रदेश संचनालाई पार्टीले हेपेको भन्दै केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गर्न माग गरे । 

“यो नचाहिने हो भने प्रदेश खारेज गरिदिनुस् । जिल्लाको नेतृत्व गरेका थियौँ, फेरि पनि गर्छौं,” यादवले भने, “तर, प्रदेश कायम हुन्छ भने उसलाई अधिकार दिनुपर्दैन, केन्द्रबाटै शासन गर्ने हो ?

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro