site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'अनुशासन समिति संयोजकले विधानले नदिएको अधिकार कसरी प्रयोग गरे ?'

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पार्टी अनुशासन समिति संयोजक आनन्द ढुंगानाले विधानले नदिएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन् ।

बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले गएका निर्वाचनमा अनुशासन उल्लंघन गरेर विधानले कारबाही हुने भनेकाहरूलाई एकल निर्णय गरेर ढुंगानाले  फुकुवा गरेकोप्रति आपत्ति जनाए ।

“महामन्त्री र पदाधिकारीज्यूहरू पोइन्ट टू बी नोटेट, विधानको ३८ को र ३९ मा अधिकार र काम कर्तव्यबारे लेखिएको छ,” शाहीले भने, “नेपाली भाषामा म कमजोर छैन भन्ने छ । विधानको धारा ३४ को स्वतः निष्कासन गरेको व्यक्तिहरूलाई विधानले व्यवस्थै नगरेको कारबाही भनेका व्यक्तिहरूलाई अनुशासन समितिको एकल निर्णयले असार १७ गते कारबाही फुकुवा गर्नुुहुन्छ । अनुशासन समितिले एकल निर्णय गरेर कसरी कारबाही गर्नुभयो ? केन्द्रीय समितिको ध्यानाकर्षण गराउँछु ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro