site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'इतिहास बेचेर कांग्रेसलाई युवा पुस्ताले पत्याउँदैन'

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहदुर शाहीले २००७ साल र २०१७ सालको इतिहास बेचेर कांग्रेसलाई युवा पुस्ताले नपत्याउने बताएका छन् । 

बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले नयाँ पुस्ताले पत्याउन युवाको आकांक्षा अनुसारका कामहरू कांग्रेसले गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“२००७ सालमा, २०१७ सालमा यो गरेको थयो भनेर अबको जनेरेसनले पत्याउँदैन, सुन्दैन,” उनले भने, “अहिले हामीलाई के भयो, मेरो बाटो बन्यो कि बनेन, खानेपानी आयो कि आएन, केन्द्रमा भएको कुरा मैले सुन्न पाएँ कि पाइनँ, मेरो भावना सुन्न पाएँ कि पाइनँ भन्छ ।”

उनले बैठक लाइभ गर्दा जनतामा सकारात्मक सन्देश गएको उल्लेख गरे । उनले पार्टी अनुसाशनमा चल्ने भएकाले कुरा एउटा र अन्तिममा निर्णय अर्कै हुन नहुने तर्क गरे ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्