site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लम्पीस्किनको औषधि र खोप वडा वडामा

बलेवा । बागलुङका सबै स्थानीय तहका वडामा पशु चौपायालाई लम्पीस्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि र खोप पठाएको हो । 

दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए । केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ । 
    
लम्पीस्किनबाट बागलुङमा १६६ गाईको मृत्यु भएको छ । लम्पीस्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ । 

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पीस्किनको संक्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु यसबाट बिरामी छन् । निसीखोलामा ५१३, गलकोट नगरपालिकामा एक सय ४२, बडिगाड गाउँपालिकामा १८१ र तमानखोलामा १८९ गाई बिरामी परेका छन् । बागलुङ नगरपालिकामा पनि २२१ गाईमा पनि लम्पीस्किन देखिएको छ ।  

संक्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताए । सबैभन्दा धेरै संक्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले बताए । किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग संक्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि संक्रमण बढी हुने गरेको पाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro