site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थियौँ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् ।

मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन् ।

एमाले–माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरू बीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गरे ।

उनले भने, “पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वलाई उहाँलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ । त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो । आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा । हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरण स्वरुप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा निर्वाचित गर्‍यौँ ।”

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro