site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फर्किएको राजनीतिक परिस्थितिलाई बोलीबाट भत्किन दिनुहुँदैन : उपसभापति खड्का
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका उपासभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भत्किएको परिस्थितिबाट अनुकूल परिस्थिति बनेको भन्दै सुधार्नमा लाग्नुपर्ने बताएका छन् ।

आजको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन परिवर्तनप्रति संकेत गर्दै एक झड्काबाट निराश भएको पङ्तिमा उत्साह भरिएको बताए ।

“जुन प्रतिकूल अवस्थामा भत्किएको बिग्रिएको राजनीतिलाई एकताको भावबाट पार्टी सभापतिको नेतृत्वमा सबै मिलेर आम एउटा झड्कामा निराश भएको मतदाता, पार्टीपङ्ति सिंगो राजनीतिलाई दुई महिना हाराहारीको अवधिमा धेरै ठूलो मेहनत गरेर नयाँ विश्वास सिर्जना गरेर, विश्वास खडा गरेर हामी पार्टी सभापतिको नेतृत्वमा नयाँ विश्वास सिर्जना गरेर जुन खालको अनुकूल परिस्थिति सिर्जना भएको छ । यसमा सच्याउने, सुधार्नेमा लागौँ ,” खड्काले भने ।

नेताहरुको बोली र गतिविधिबाट भत्किने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे । भने, “हाम्रा गतिविधिबाट, बोलीहरुबाट राजनीतिक परिस्थिति जसरी फर्किएर आएको छ, यसलाई भत्किने, बिग्रने तहबाट जानुहुँदैन ।”

उनले सरकारमा गएकाहरुबाट शीर झुकाउने काम नगर्ने प्रतिवद्धता जनाए । “अहिलेसम्म जानेर नियतवश कुनै कमजोरी गरेजस्तो लाग्दैन,” उनले भने, “शीर झुकाउने काम गर्नेछैनौँ ।”

खड्काले अर्थतन्त्र सुधार्ने कोसिस भइरहेको बताए । बजेटका सन्दर्भमा सांसद र मन्त्रीहरुको गुनासा भए पनि कानुनले मिल्ने ठाउँबाट केही समाधान गर्न सकिने उनको भनाइ छ ।

“बजेट निमार्ण गर्ने सन्दर्भमा आर्थिक प्रतिकूलताका कारण अप्ठ्यारा रहे । मान्य साथीहरुका गुनासा होलान । केन्द्रीय सदस्यका गुनासा होलान् । बजेटहरुमा केही व्यवहारगत गर्नुपर्ने परिमार्जन कानुनी रुपमा मिलाउन सक्ने अवस्थालाई ध्यान दिएर अघि बढ्न सकिन्छ,” उनको भनाइ छ ।

केन्द्रीय समितिले सरकारलाई सुझाव र ध्यानकर्षण गराउन उनले आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro