site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले तीन चरणमा अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले तीन चरणमा अभियान सञ्चालन गर्ने भएको छ । महामन्त्री गगन कुमार थापाले सोमबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा उक्त जानकारी दिएका हुन् ।

पहिलो अभियान साउन २० गतेदेखि भदौ १ गतेसम्म गरिने उनले बताए । उक्त अवधिमा संगठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रो अभियान भदौ १० गतेदेखि २४ गतेसम्म चलाइने छ । यस अभियानमा समुदायसँग संवाद गरिने उनले बताए ।

तेस्रो चरणको अभियान मंसिर १५ देखि माघ १५ गतेसम्म चलाइने उनले जनाए । अभियानको पहिलो चरणको उद्देश्य सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विष्लेषण, संगठन सृदृढीकरण र सबलीकरण रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्