site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपान्तरण अभियानको प्रतिवेदन देउवाले बुझेनन्, यस्तो छ २१ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरणका लागि पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् ।

सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बुझाउने एक नेताले जानकारी दिए ।

केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए ।

कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन यथाशीघ्र गर्न सुझाइएको छ ।

त्यस्तै, रुपान्तरणका लागि हरेक तहका सभापति दुई कार्यकालका लागि सोही पदमा रहन पाउने व्यवस्था जस्तै एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री गर्न नपाउने व्यवस्था गर्न भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro