site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजपा प्रस्ताव–जुन क्षेत्रमा जो बलियो छ त्यहाँ अरुले सघाउने 
SkywellSkywell

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा कम्युनिष्ट गठबन्धनलाई रोक्न जुन क्षेत्रमा जो बलियो छ त्यहाँ अन्य दलले सघाउने प्रस्ताव राखेका छन् ।

यस्तो प्रस्ताव कांग्रेसले भने मानिसकेको छैन । धेरै क्षेत्रमा राजपा र संघीय समाजवादी पार्टीको मत जोड्दा उनीहरु नै बलियो देखिने भएकाले त्यसरी तालमेलमा जान नसकिने कांग्रेसको अडान छ ।

त्यसैले गर्दा पनि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको गठन प्रक्रिया ढिलाई भइरहेको नेताहरुले जनाएका छन् ।

KFC Island Ad
NIC Asia

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम आपसी तालमेलको गृहकार्यमा जुटेका कारण लोकतान्त्रिक गठबन्धन गठन प्रक्रियामा ढिलाई भएको हो । 

‘‘राजपा र फोरमबीच तालमेलको औपचारिक सहमति गरेर मात्रै कांग्रेससँग तालमेलका लागि कुरा अघि बढाउने सोचका कारण लोकतान्त्रिक गठबन्धन निर्माण जस्तो सुस्त देखिएको हो,’’ आसन्न निर्वाचनका लागि चुनावी तालमेल गर्न गठित ६ दलीय कार्यदलका सदस्य राजपा नेता सर्वेन्द्रनाथ शुक्लले भने । उनले समाजवादी फोरम र राजपाबीचको तालमेल अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । 

Royal Enfield Island Ad

प्रदेश नम्बर २ मा समाजवादी फोरमले प्रतिनिधि सभातर्फ १७ र प्रदेश सभातर्फ २२ तथा राजपाले प्रतिनिधि सभातर्फ १५ र प्रदेश सभातर्फ ३१ सीट लिने दुई दलबीच अनौचारिक सहमति भइसकेको छ । राजपा नेता शुक्लले दुई दलबीच भएको अनौपचारिक सहमतिमा पनि हेरफेर हुन सक्ने सम्भावना औंल्याउँदै भने, ‘‘यो नै अन्तिम होइन् । हामीहरुबीच १६–१६ सिट लिने सहमति पनि हुन सक्छ ।’’

उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल अवश्यम्भावी रहेको दोहोर्याए । वाम गठबन्धनलाई पराजित गर्न पनि लोकतान्त्रिक शक्तिहरुबीच तालमेल आवश्यक रहेको नेता शुक्लको भनाई थियो । ‘‘वामपन्थीहरु बलियो देखिएको क्षेत्रमा चुनाव जित्न कांग्रेससँग तालमेल जरुरी छ,’’ उनले भने, ‘‘चुनाव हार्ने शंका भएका स्थानमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेरै चुनाव लड्ने तयारी भएको छ ।”

राजपा नेता शुक्लले कांग्रेस बलियो अवस्थामा रहेको क्षेत्रमा राजपा–फोरमले संयुक्त रुपमा सघाउने र राजपा–फोरम बलियो अवस्थामा रहेको क्षेत्रमा कांग्रेसले सघाउने पनि बताए । उनले राजपा–फोरम मात्रैको तालमेलले चुनाव जितिने क्षेत्रमा कांग्रेससँग तालमेल नहुने पनि स्पष्ट पारे ।  

यस्तो प्रस्तावले कांग्रेसलाई थप सशंकित बनाएको छ । 

शुक्लले ६ दलीय कायदलमा रहेका कांग्रेसका नेताहरु बुधबार राजधानी फर्केपछि कार्यदलको बैठक बस्ने बारे टुंगो लाग्ने पनि जानकारी दिए । त्यस्तै चुनावको तयारीका शिलशिलामा विराटनगरमा रहेका कांग्रेस नेता तथा कार्यदलका सदस्य डा. मिनेन्द्र रिजालले पनि राजपा–फोरमसँग चुनावी तालमेलका लागि कुराकानी चलिरहेको प्रतिक्रिया दिए । 

कार्यदलका अर्का सदस्य कांग्रेस नेता रामजनम चौधरीले पनि राजपा–फोरमसँग तालमेल गरेरै चुनावमा जाने बताए । ‘‘केही प्राविधिक कुराहरु मिल्न बाँकी हो । लोकतान्त्रिक गठबन्धन बनाएरै चुनाव लड्छौं,’’ उनले भने । 

मंसिर १० गते हुन लागेको पहिलो चरण अन्तरगत ३२ जिल्लामा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसले राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति नेपालसँग तालमेल गरेको भए पनि सहमतिविपरित केही स्थानमा आफ्नै तरिकाले उमेदवार बनाएको भन्दै कांग्रेस अन्य दलसँग असन्तुष्ट देखिएको छ ।        

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro