site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

कांग्रेसको साउन २ गते (भोलि)बाट केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकको एजेन्डालाई फाइनल गर्न बैठक बोलाइएको उनले बताए ।

गएको वर्ष साउन २७ देखि असार २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । कांग्रेस विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि बस्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro