site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दलको नेता बदल्ने कुरा सभापतिबाटै सिकेको हुँ : गगन थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् । 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको बताए ।  उनले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए । उनले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने बताए ।

Global Ime bank

उनले भने, “मैले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको हो । हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भनेको छैन । प्रतिस्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिस्पर्धा गरेको हो । यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement