site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबर

काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाली राष्ट्रिय महिला फुटबल टिम गोलरहित बराबरीमा रोकिएको छ ।

आइतबार बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् ।

नेपाली टिम चीनमा हुने १९औँ एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको हो । यसअघि भएको पहिलो खेलमा दुबै टिमले १–१ को बराबरी खेल खेलेका थिए । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्