site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अर्को परीक्षाबारे अन्योल, प्रहरी अनुसन्धान टुंग्याउनै एक महिना लाग्ने

काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको नर्सिङ लाइसेन्सको परीक्षा अब कहिले हुने भन्ने अन्योल छ । काठमाडौं प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको छ । नेपाल नर्सिङ परिषद्ले छानबिन प्रतिवेदन कुरिरहेकाले अर्को परीक्षाको मिति टुंगो नलागेको हो ।

प्रहरी प्रतिवेदन आएपछि फेरि परीक्षा सञ्चालन गर्ने वा अहिलेकै परीक्षाअनुसारको नतिजा निकालने भन्नेबारे निर्णय गरिने परिषद्की रजिष्ट्रार शुक्ला खनालले बताइन् ।

प्रहरीले छानबिन प्रक्रियाका लागि अझै एक महिना लाग्ने जनाएको छ । घटना साइबर अपराधअन्तर्गत दर्ता गरिएको छ । “हामीले गर्ने अनुसन्धान अझै एक महिना लाग्छ । त्यसपछि सरकारी वकिलतर्फको काम हुन्छ । यो केसलाई अलि बढी नै समय लाग्ने देखिएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले भने ।

Dabur Nepal
NIC Asia

प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा कास्कीको लेखनाथकी २० वर्षीया समीक्षा थापा, लेखनाथकै २० वर्षीया भावना गुरुङ र धादिङको त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आलेलाई बालाजु प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो घटनामा मुख्य योजनाकार रहेको भन्दै परिषद्ले अलब्राइट इन्स्टिच्युट पोखराविरुद्ध जाहेरी दिएको छ ।

यसरी गरिएको थियो प्रश्नपत्र आउट 
नेपाल नर्सिङ परिषद्ले वार्षिक तालिकाअनुसार यही असार २३ र २५ गते विभिन्न तहका लाइसेन्स परीक्षाको मिति तोकेको थियो । २३ गते पहिलो दिन पीसीएल, मिडवाइफ, बीएस्सी नर्सलगायत विषयको परीक्षा थियो । ६ हजार १० परीक्षार्थी सहभागी थिए ।

परीक्षा समय बिहान ९ देखि ११ः३० सम्म तोकिएको थियो । वनस्थली केन्द्रमा परीक्षा दिइरहेका मध्ये एक विद्यार्थी एक घण्टापछि शौचालय गएर फर्कने क्रममा ढिलो आए । सुरक्षागार्डले जाँच गर्दा मोबाइलबाट प्रश्नपत्र आउट भएको पाइएको थियो ।

पोखरास्थित नर्सिङ तयारी कक्षा पढाउने अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढीले ‘सिन’ गरेको पाइएको परिषद्की अध्यक्ष सरला केसीले बताइन् ।

त्यो दिन काठमाडौंका तीन केन्द्रबाट प्रश्नपत्र आउट भएपछि परीक्षा स्थगित गरिएको थियो । बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरको लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको परिषद्ले जनाएको छ ।

प्रश्नपत्र आउट गर्ने, उत्तर पठाउनेलगायत कार्यमा मुख्य भूमिका अलब्राइट इन्स्टिच्युटको नै रहेको केसीको जिकिर छ । परिषद्ले असार २५ गते भने परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरिसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro