site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदलाई सम्पति विवरण बुझाउन भदौ २८ गतेसम्मको समय 

काठमाडौं । संघीय सांसदहरूले सम्पत्ति विवरण साउन १ गतदेखि भदौ २८ गतेसम्ममा बुझाउनुपर्ने भएको छ । 

संसद् सचिवालयले सूचना निकालेर सांसदहरूलाई आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो । 

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । 

सोही व्यवस्थाअनुसार सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro