site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७ नम्बर प्रदेशका ४ जिल्लामा कम्युनिष्ट गठबन्धन बलियो
SkywellSkywell

काठमाडौं । आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा ७ नम्बर प्रदेशका चार जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । ७ नम्बर प्रदेशका दार्चुला, बैतडी, बझाङ र बाजुरामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ क्षेत्रमात्रै छन् ।  

यो निर्वाचनमा प्रतिनिधि सभाका लागि दार्चुलाबाट ५, बैतडीबाट ६, बझाङबाट ९ र बाजुराबाट ३ जनाको उमेदवारी परेको छ । यस्तै प्रदेश सभाका लागि दार्चुलाबाट दुबै क्षेत्रबाट ५–५, बैतडीबाट प्रदेश सभा १ बाट ५ र प्रदेश सभा २ बाट २, बझाङबाट प्रदेश सभा १ बाट ८ र प्रदेश सभा २ बाट ५ तथा बाजुराबाट दुबै क्षेत्रमा समान ५–५ जनाको उमेदवारी परेको छ । 

उमेदवारी दर्तासँगै ती जिल्लाहरुको चुनावी माहोल तातेको छ भने चुनाव कसले आफ्नो पक्षमा पार्ला भन्ने आंकलन पनि हुन थालेको छ ।  स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त मतलाई आधार मानेर तयार पारिएको विश्लेषण यस्तो छ ।

KFC Island Ad
NIC Asia

दार्चुला 
 

दार्चुलामा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि बिक्रमबहादुर धामी, प्रदेश सभा–१ मा मदन गिरी र प्रदेश सभा–२ मा जगदिश पालले उमेदवारी दिएका छन् । यस्तै कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधि सभाका लागि गणेशसिँह ठगुन्ना, प्रदेश सभा–१ मा बीरबहादुर ठगुन्ना र प्रदेश सभा–२ मा मानबहादुर धामीको उमेदवारी परेको छ ।    
जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् । गत असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा दार्चुलाका ९ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ५, नेकपा एमालेले तीन र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हात पारेको थियो । 
स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार दार्चुलामा सत्तारुढ कांग्रेसभन्दा कम्युनिष्ट गठबन्धन बलियो देखिएको छ । दार्चुलामा वाम गठबन्धनका पक्षमा २९ हजार ७३८ मत रहेको छ । स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार एक्ला–एक्लै कांग्रेस बलियो भए पनि एमाले–माओवादी गठबन्धनका कारण कमजोर देखिएको छ । उसले स्थानीय तह निर्वाचनमा २२ हजार १६१ मत ल्याउँदा एमालेले २० हजार ६२६ र माओवादीले नौ हजार ११२ मत पाएको थियो । 

Royal Enfield Island Ad

बैतडी 
 

बैतडीबाट कांग्रेसले प्रतिनिधि सभा सदस्यतर्फ नरबहादुर चन्दलाई उठाएको छ । उसले प्रदेश सभा–१ बाट हरिमोहन भण्डारी र प्रदेश सभा–२ बाट राप्रपाका गणेश चन्दलाई उमेदवार बनाएको छ । कम्युनिष्ट गठबन्धनबाट दामोदर भण्डारीले प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रदेश सभा–१ मा केशव भट्ट र प्रदेश सभा–२ मा लीलाधर भट्ट उठेका छन् । 

स्थानीय तह निर्वाचनमा १० स्थानीय तह रहेको बैतडीमा कांग्रेसले ६, एमालेले ३ र माओवादीले १ तहमा जित हासिल गरेको थियो । स्थानीय तह निर्वाचनको परिणाम अनुसार बैतडीमा पनि गठबन्धन बलियो देखिन्छ । 

स्थानीय तहको निर्वाचन परिणामले कम्युनिष्ट गठबन्धनको पक्षमा ४६ हजार १०८ मतदाता रहेको देखाएको छ ।  राप्रपासँग तालमेल गरेको कांग्रेससँग ३३ हजार चार सय ९१ मत रहेको छ । 

स्थानीय तह निर्वाचनमा बैतडीबाट एमालेले सबैभन्दा बढी २७ हजार ३८९ मत, कांग्रेसले २७ हजार ८७ मत, माओवादीले १८ हजार ७१९ मत र राप्रपाले ६ हजार ४०४ मत पाएका थिए । 

बझाङ 
 

बझाङमा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसले पृथ्वीबहादुर सिँहलाई उमेदवार बनाएको छ । उसले प्रदेश सभा–१ मा चन्द्रदेवी जोशी र प्रदेश सभा–२ मा नरेशबहादुर सिँहलाई टिकट दिएको छ । उता कम्युनिष्ट गठबन्धनले प्रतिनिधि सभामा भैरवबहादुर सिँह, प्रदेश सभा–१ मा अर्जुन थापा र प्रदेश सभा–२ मा देवकी मल्ललाई उठाएको छ । 

जिल्लामा १२ स्थानीय तह रहेका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा बझाङका ८ स्थानीय तहमा एमाले र ४ तहमा कांग्रेस विजयी भएको थियो । पछिल्लो चुनावको मत परिणामअनुसार कांग्रेसको तुलनामा एक्लै बलियो दखिएको एमालेलाई गठबन्धनले झनै मजबुत बनाएको छ । 

बझाङमा पनि स्थानीय तहको मतलाई हेर्दा कांग्रेसभन्दा १५ हजारभन्दा बढी मत कम्युनिष्ट गठबन्धनको रहेको छ ।

बझाङको कुल मतदाता संख्या मध्ये वाम गठबन्धनसँग ४० हजार ७२२ र कांग्रेससँग २५ हजार ५८१ मत छ । स्थानीय तह निर्वाचनमा एमालेले २८ हजार ५८९ र माओवादीले १२ हजार १३३ मत ल्याएका थिए । 

बाजुरा 
 

बाजुरामा कांग्रेसका तर्फबाट कवीराज पण्डित र कम्युनिष्ट गठबन्धनका तर्फबाट लालबहादुर थापाले प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारी दिएका छन् । बाजुरा प्रदेश सभा–१ बाट कांग्रेसका जनकराज गिरी र गठबन्धनका बलदेव रेग्मी तथा प्रदेश सभा–२ बाट कांग्रेसका पदमबहादुर शाही र गठबन्धनका प्रकाश शाहको उमेदवारी परेको छ । 

बाजुरामा नौ स्थानीय तहमध्ये ६ तहमा कांग्रेस र  ३ तहमा एमालेले जितेको छ । एक्लाएक्लै बलियो देखिएको कांग्रेसलाई गठबन्धनले बाजुरामा पनि कामजोर बनाएको छ । जिल्लामा कम्युनिष्ट गठबन्धनका पक्षमा २७ हजार ४८० मत छ । पछिल्लो निर्वाचन परिणामले कांग्रेसको पक्षमा २२ हजार ७९२ मत देखाएको छ । 

स्थानीय तह निर्वाचनमा कांग्रेसले २२ हजार ७९२, एमालेले २२ हजार ५५ र माओवादीले ४ हजार ४२५ मत ल्याएका थिए । 

स्थानीय तह निर्वाचनको मतअनुसार पहिलो चरण अन्तर्गत हुने निर्वाचनमा ७ नम्बर प्रदेशका चार जिल्लामा वाम गठबन्धन बलियो देखिएको छ । तर, स्थानीय तहको वडा स्तरमा चुनाव लड्ने व्यक्तिको प्रभावका कारण मत घटबढ हुने भएकाले कसले बाजी मार्ला भन्ने अनुमान लगाउन सहज छैन ।

७ नम्बर प्रदेशमा पहिलो चरण अन्तरगत हुन गइरहेका जिल्लाहरुबाट राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका तीन जना नेताहरु यस पटक प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् । दार्चुलाबाट चुनाव लड्दै आएका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू, बाजुराबाट राजनीतिक उचाई लिएका कांग्रेसकै बद्री पाण्डेय र एमालेका कर्ण थापा प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका हुन् । उनीहरु तीनै जनालाई सम्बन्धित पार्टीहरुले समानुपातिकतर्फ सिफारिश गरेको छ । 

फाइल तस्बिर 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro