site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले के विषयमा छलफल गरिरहेको छ ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आउँदो सोमबार बस्ने गरी स्थगित गरिएको छ ।

शुक्रबार र शनिबार कीर्तिपुरको चम्पादेवीमा बसेको बैठकमा विभिन्न नेताहरूले धारणा राखे । पार्टीबाट मन्त्री बनेका नेताहरू भोलि अन्यत्र कार्यक्रममा जानुपर्ने भएकाले बैठक सोमबार र मंगलबार बस्ने गरी स्थगित गरिएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बैठकमा नेपाली ‘मोडल’को समाजवाद कस्तो हुने भन्ने विषयमा छलफल भएको छ । ०७९ साल मंसिरको निर्वाचनमा कम्युनिस्ट मत घटेको बारे पनि बैठकमा समीक्षा गरिँदै छ ।

“हामीले विशेष गरी नेपाली मोडलको समाजवाद कस्तो हुने ? राष्ट्रिय राजनीतिको परिस्थिति के हो ? भन्नेमा छलफल भइरहेको छ । त्यस्तै,  कम्युनिस्ट पार्टी ०७४ को चुनावभन्दा कमजोर भयो । ०७४ को चुनावमा दुई कम्युनिस्ट पार्टी मिलेर चुनाव लडे, करिब ६३ प्रतिशत मत ल्याए । त्यस्तो शक्ति नेपालको पहिलो पार्टी पनि हुन सकेन । किन त्यस्तो स्थितिमा पुग्यो ? भन्नेमा छलफल भएको छ,” उनले भने ।

Global Ime bank

गणतन्त्रविरोधी शक्ति उदाएको, विचार, सिद्धान्त नभएकाहरूको पार्टी जन्मिएको, जातीय आधारमा नारा लिएर हिँडेका पार्टी जन्मिँदा राजनीति हिजोभन्दा आज संकटग्रस्त हुँदै गएको ठम्याइ उनको छ ।

यस्तो अवस्थामा पार्टीलाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलनलाई कसरी बचाउने ? भन्ने विषयमा ‘घनीभूत रूपमा’ छलफल भइरहेको पाण्डेले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement