site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभरका चलचित्र हलमा पाइरेसीविरुद्धको सामग्री देखाउन बोर्डको पत्राचार
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसीविरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरूमा देखाउन पत्राचार गरेको छ । 

चलचित्र हल संचालकहरूको छाता संगठन नेपाल चलचित्र संघलाई औपचारिक पत्र काट्दै हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न बोर्डले निर्देश गरेको छ ।

बोर्डले आ.व.२०७९/८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ । बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ । यो सामग्रीमा प्रियंका कार्की, रुबि श्रेष्ठ, डिक्की गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । 

यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको बोर्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro